पत्रकारिता समाजका बिषयबस्तु र निश्चित क्षेत्र भित्रको आयामहरुलाई केलाउने महंगो साधन हो। यसले दक्षता, सकारात्मकताको दृष्टी,प्रभावकारिता र जिम्मेवारीबोधको भावनालाई प्रमुख मान्दछ। पत्रकारिता ति बस्तुहरुको उत्पादन र वितरण हो, जसमा कुनै व्यक्ती बिशेष,समाज र राष्ट्रका बिभिन्न आयामहरुको अवस्थाको जानकारी हुन्छ।

                                              कुनै पनि क्षेत्र यो बिना पूर्ण हुन सक्दैन। यसले आमजनतालाई सुचना प्रदान गर्नुका साथै खबरदारीका लागी अपिल गरिरहेको हुन्छ। नेपालमा पत्रकारिताको ईतिहास विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै पछि मात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको बिकास पनि ढिलो गरी भएको हो।

नेपालमा भन्दा करिब ३०० बर्ष अघि सन् १५५० मा भारतमा छापाखानाको बिकास भैसकेको थियो। नेपालमा भने बि.स १९०८ मा जगं बहादुर राणा बेलायत बाट फर्कदा फलामे हाते प्रेस ल्याईएको थियो । यसैलाई नेपालको पत्रकारिता ईतिहासमा प्रथम मानिन्छ। जसलाई गिदेप्रेस पनि भनिन्छ। गिदेप्रेस आएको केही समयमा नेपालमा अर्को छापाखाना पनि अयो जुन थियो मनोरञ्जन छापाखाना । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा पत्रकारिता भित्र्याउने र सुरु गर्ने प्रथम व्यक्ती थिए मोतिराम भट्ट। यसअघि पनि भट्टले वि.सं. १९४२ मा गोर्खा भारत जीवन नामको पत्रिका बनारसबाट प्रकाशन गरेको ऐतिहासिक दस्तावेजहरुमा भेटिन्छ । यस लगत्तै नेपाली पत्रकारिताको सुरुवात र विकासक्रम भएको देखिन्छ । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टको १९५२ मा निधन भएपनि पण्डित नरराजहरुले १९५५ मा सुधासागर प्रकाशित गरेको विकपिडिया उल्लेख छ ।

सुधा सागर नेपालबाट प्रकाशित पहिलो पत्रिका हो भने ‘गोर्खा भारत जीवन’लाई नेपाली भाषाको पहिलो पत्रिका मानिन्छ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधासागर’पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खा पत्र’ हो । गोर्खा पत्रको सन् १९०१ मा प्रकाशन प्रारम्भ भएको थियो । छापाखाना विकास नै ढिलो गरी भएको हाम्रो देशमा पत्रकारिताको लागि सहज वातावरण नरहेको इतिहासबाट प्रष्ट हुन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००७ साल फागुन ८ गते स्व. सिद्धिचरण श्रेष्ठको सम्पादनमा ‘आवाज दैनिक’ पत्रिका प्रकाशन भएको पाइन्छ । सो कालखण्डमा जागरण साप्ताहिक र २०१० सालमा अंग्रेजी दैनिक समाज दि कमरन प्रकाशन भएको पाइन्छ । पत्रकारिता सँगै २००७ सालमा रेडियोले समेत सूचना प्रवाह सञ्चार क्षेत्रमा योगदान पुर्र्याएको देखिन्छ । रेडियोले छापा माध्यम भन्दा प्रभावकारी रुपमा आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ ।

                                              वि.सं. २००७ मा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रशारण भएको थियो । पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालनमा आएको थियो । तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रुपमा प्रचार गरेको विकपिडियामा भेट्न सकिन्छ । प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रुपमा सञ्चालित छ । परापूर्वकालमा राजाको उर्दी सुनाउने, झ्याली पिट्ने, तोप पड्काउने, शंख फुक्ने, बिगुल फुक्ने, सवाई गाउने विभिन्न प्रकारका चिठीपत्र आदानप्रदानका लागि सन्देशवाहक प्रयोग गरिन्थ्यो । वि.सं. १९३८ सालमा हुलाक सेवा सुरु भएपछि हुलाकमार्फत चिठीपत्रको ओसारपासार हुन थाल्यो । त्यसपछिको सञ्चारमाध्यम २०२४ सालमा टेलिफोन सेवाको सुरुवात भएको पाइन्छ । पछिल्लो सञ्चारको विकासका आधार स्रोत तिनै हुन भन्न सकिन्छ ।

                                                                  विश्वको सन्दर्भ हेर्ने हो भने प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु धेरै अगाडि नै अनलाइन संस्करणमा गएको पाइन्छ । नेपाल पनि अनलाइन पत्रकारितामा त्यति पछि परेको देखिंदैन । नेपालमा पनि सन् १९९५ मा साउथ–एशिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेपछि अनलाइन पत्रकारीताको प्रारम्भ भएको थियो । नेपालमा अनलाइन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रुपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ । उसले सन् १९९५ मा नेपालमा ब्लग साइटहरुमा समाचारको निकै बाहुल्य पाइन्छ । कतिपय ब्लग साइटहरु त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन् । त्यसैले ब्लगहरु पनि नेपालमा समाचारका माध्यम बनेका छन् । वर्तमान समयमा अनलाइन पत्रकारिता सञ्चारको दह्रो र लोकप्रिय माध्यम बन्दै गएको छ । पाठकहरुमा अनलाइनमा समाचार पढ्ने बानी बढिरहेको छ । पाठक सँगै अनलाइन पत्रिकाको पनि वृद्धि भैरहेको छ । ब्लगबाट पनि समाचारहरु प्रकाशन गर्ने प्रचलन बढेको छ ।

नेपालमा पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चारक्षेत्रलाई धेरै माथि पुर्याएको छ । यसलाई न्यू मिडियाका रुपमा मान्यता पनि दिइँदैछ । इतिहास देखि वर्तमान सम्मको पत्रकारिता नियाल्ने हो भने सञ्चारमाथि अंकुश र पत्रकारमाथि आक्रमण र हत्यासम्मका घटना भएको हामीले देखि रहेको अवस्था हो । २००७ साल पश्चात राजाको शासन काल, २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ पछि देशमा रहेको संकटकाल, माओवादी जनयुद्धकालमा सञ्चारक्षेत्र कुण्ठित र सेल्फसेन्सरसीपको अवस्थामा रह्यो ।

अझै पनि स्वतन्त्र पत्रकारिताको सुनिश्चितता उपयोग गर्न पाइरहेको अवस्था छैन । नेपालमा लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाएको छ । लोकतन्त्रसँगै प्राप्त विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखना र सूचनाको हकको उल्लेख गरियो र श्रमजीवि पत्रकारको हक र हित र अधिकार संरक्षण गर्ने उद्देश्यले श्रमजीवी पत्रकार ऐन २०६४ जारी गरियो । देशमा लोकतन्त्र आएपछि एफएम रेडियो, निजी र सामुदायिक र टेलिभिजन खोल्ने क्रमले तीव्रता पाएको छ ।

निष्कर्ष : पछिल्लो समय नेपालमा पत्रकारिताको स्थिती हेर्दा समाचार सम्प्रेषण,राजनैतिक घटनाक्रमको व्याख्या र तिनिहरुको विश्लेषण मात्र प्रमुख रहेको पाईन्छ। यसले समाजमा एक किसिमको निराशा पैदा गरेको छ । र राजनैतिक अभिष्ट प्राप्तीका लागी पत्रकारिताका मूल्यमान्यताहरु दिनानुदिन निचोरिदै गएको छ। स्वतन्त्र पत्रकारिताको अभाव महसुस भएको छ। तर हाल पत्रकारिता बिषयलाई नेपालको शैक्षिक संकायमा पनि समावेश गरिएकोले पत्रकारिताका मुल्यमान्यता र सोध र अबको दक्ष पत्रकारिता गुणस्तरीय हुनेमा विश्वास गर्न सकिन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s