लेख बिचार र अभिव्यक्तताकाे माध्यम हाे, यसले वास्तविक प्रयाेगवादी चिन्तन र कल्पनामुखी स्वभावलाई शब्दमा प्रस्तुत गर्दछ ! अझ भनाै कथिपय अवस्थामा यसले भावनात्मक संवेगलाई पनि मुखरित गर्दछ ! यसले एक किसिमकाे रस प्रयाेगकाे संवेदना माथि बाेलेकाे हुन्छ !

साहित्यिक छविकाे लेख व्यञ्जन र वास्विक घटनाक्रमकाे लेखमा लेखनी प्रक्रिया नै भिन्न रहन्छन्,

त्यसैले एउटा सामयिक पुर्ण लेख र अभिव्यक्ति हुन निम्न कुराहरुकाे प्रष्फुटन आवश्यक हुन्छ ।

१ ) बिषयबस्तु माथिकाे ज्ञान

कुनै पनि बिषय वा शिर्षक प्रयाेग बिना लेख बन्न सक्दैन, र शिर्षक र लेख बिच एउटा महत्व निर्देशित कुरा हाे, त्याे बिषय प्रति लेखककाे ज्ञान र बुझाई ! त्यसैले कुनै पनि बिषय मुखर अघि लेख्नु पर्दा अध्यन्न गर्न जरुरी हुन्छ !

२) प्रस्तुतीकरण र सिलसिलेवार

कुनै शिर्षक र बिषय माथि ज्ञानकाे पहुचँ हुदैमा लेखक बन्न गार्हाे छ, त्यस ज्ञानलाई प्रस्तुतीकरणकाे मार्ग बाट मिलाएर लैजान सक्नुपर्दछ! प्रस्तुतीकरणकाे सुरुमा सावधिक एजेण्डा,मध्यममा राय सहितकाे आफ्नाे बिचार र अन्तिम तिर दुई किसिमकाे मन्थन र निष्कर्ष जरुरी हुन्छ ! यसरी मिलाउन सके लेख पुर्ण हुन्छ !

३ ) शब्द चयन र पाठक वर्ग

हामिले हाम्राे बिचार एउटा सकारात्मकता का लागी समाजमा प्रस्तुत गर्छाै, जहाँ शिर्षक कुन तप्का र वर्गकाे राेजाई अनुरुप छ भन्नेमा शब्दचयनकाे टुगाें लगाउनुपर्दछ ! जस्तै उदाहरणका लागी राजनैतिक घटनाबिमर्श सहितकाे लेखका लागी राजनैतिक शब्द र विश्वराजनीतिका कुराहरुकाे महत्व रहन्छ ! युवा वर्गमा भविष्यकेन्द्रित र उर्जायुक्त शब्दहरुकाे प्रस्तुती हुनुपर्छ ! मध्यम र निम्न वर्ग जाे समाजका विमुख खेल बाट टाढा छन् उनिहरुकाे लागी सहज भाषा र शब्दकाे लगाम रहन जरुरी हुन्छ !

४) ट्रायल राईटिङ

भनिन्छ नि एउटा सुन्दर मुर्ति हजार चाेटहरुकाे बाबजुद तयार हुन्छ, त्यसैले कुनै पनि लेख लेख्दा एकचाेटी लेख्ने अनि नराम्राे भयाे भनेर छाेड्ने गर्नुहुदैन , लेख्दै जाने अनि फेरि सच्याउदै, फेरि पढ्दै , मिलाउदैँ जाँदा लेख्ने बानीकाे बिकास हुनुका साथै आफ्नाे लेख तयार हुन्छ ! साथै आफ्नाे लेख तयार हुनुपुर्व आफु बाहेक अरुलाई पढ्न दिनु हुदैन ! यसले आफुमा गल्ती सच्याउने अवसर दिदैन !

५) साहित्यिक लेखनी

साहित्यिक लेखनी अरु बिचार प्रस्तुतीकरण भन्दा भिन्न अध्याय हाे, यसमा कथावस्तुले महत्व राख्दछ ! र शब्दकाे राेजाईले ! तर कतिपय लेखकहरुले साहित्यक शब्हरुकाे जाेडाई नै भिन्न तरिकाले गर्ने गरेका छन्, जुन उनिहरुले नै बुझ्दैनन्, पाठकले बुझ्ने त कुरै भएन ! त्यसैले साहित्यमा साधारण र टिपिकल लवज युक्त शब्दहरुकाे महत्व बढी छ ! साहित्यिक लेखनीमा आफु पात्र भएर लेख्दा बढ्दा संवेदना छुन्छ ! तर सानाे सानाे वाक्यकाे वर्णन धेरै गर्नु याँ हानिकारक हुनसक्छ ! पाठकले चाँडाे भन्दा चाँडाे उत्तर खाेज्छ ! त्यसैले पाठकलाई अल्झाउदै लगेर विस्तारै उत्तर दिनु पुर्व एक दुई ट्विस्टहरु पाेख्नुपर्छ, अब पाठकले कथा फरक ढगंले बुझ्न थाल्छ ! अब पाठककाे बुझाई फेरि चेन्ज हुन्छ ! उ अर्कै उत्तर खाेज्दै जान्छ, फेरि पनि लेखकले पाठकलाई अल्झाएर नयाँ छेउमा पुर्याउनसक्नुपर्छ ! र अन्तिममा एउटा सस्पेन्स छाेड्नुपर्छ !

साहित्यमा टिपिकल युनिक प्रभाव छाेड्न धेरै भन्दा धेरै लेख्नुपर्छ र लेख्नै शैली आफैलाई घतलाग्दाे बनाउनुपर्छ ! त्यसैले बरु लेख्दै च्यादैँ फाल्नुस् , तर पुर्ण रस ननिक्लने बेला सम्म आफैलाई निचाेर्नुस् !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s